आइतबार, कार्तिक १६ गते २०८३
images
images

इन्डोनेसियाका ९८.५ प्रतिशत व्यक्तिमा कोभिड-१९ प्रतिरोधी क्षमता भएको दावी

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 284
    SHARES
  • इन्डोनेसियाका ९८.५ प्रतिशत व्यक्तिमा कोभिड-१९ प्रतिरोधी क्षमता भएको दावी

    इन्डोनेसियाको स्वास्थ्य मन्त्रालय र इन्डोनेसिया विश्वविद्यालयको जनस्वास्थ्य संकायले गरेको सेरोलोजिकल सर्वेक्षणअनुसार इन्डोनेसियाली नागरिकमा कोभिड-१९ को संक्रमणसँग जुध्नका लागि एन्टिबडीको मात्रा प्रशस्त रहेको छ ।

    images

    सर्वेक्षणले जुलाईसम्म इन्डोनेसियाको ९८.५ प्रतिशत जनसंख्यामा एन्टिबडी भएको देखाएको छ । सोही संस्थाले सन् २०२१ को डिसेम्बरमा ८८ प्रतिशत को हाराहारीमा एन्टिबडी रहेको अध्ययनपछि बताएको थियो ।

    अनुसन्धानकर्तामध्येका एक इवान अरियावानले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमा भन्नुभयो, “मानिसहरूले खोप, संक्रमण वा दुवैबाट यी एन्टिबडीहरू प्राप्त गर्छन् ।

    images

    जनवरी १२ देखि कोभिड-१९ विरूद्धको बुस्टर (अतिरिक्त) मात्रा दिइएको र खोपको प्रशस्त उपलब्धताले एन्डोनेसियाली नागरिकमा कोभिड-१९ विरूद्धको प्रतिरोधी क्षमता उल्लेख्य पाइएको हो ।

    अरियावानले भन्नुभयो, “एन्टिबडी भएको जनसंख्याको उच्च प्रतिशतले मानिसहरूलाई कोभिड-१९ बाट संक्रमित हुने छैन भन्ने ग्यारेन्टी गर्दैन तर गम्भीरता र मृत्युदर मात्र कम गर्दछ त्यसैले स्वास्थ्य नियमको अनुशासन मान्नु महत्वपूर्ण रहेको छ ।

    इन्डोनेसियाका १०० जिल्लाका १७ हजार भन्दा बढी उत्तरदातामा प्रश्नावली तथा रगत परीक्षणमार्फत सर्वेक्षण विवरण तयार गरिएको थियो ।