साउन २७ काठमाडौं । साताको अन्तिम दिन आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला७०० सयले बढेर ९७ हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएका थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ ।
.jpg)

