आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ७८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 249
    SHARES
  • आज थप ७८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    साउन २७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर विधिबाट २२९० तथा एन्टीजेन विधिबाट २४२२ जनाको परीक्षण गरेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ जना रहेको छ । 

    images

    यात सोहि समयमा थप ५११ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण २ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउने कुल संख्या ११ हजार ९८४ जना पुगेको छ ।  

    यस्तै आज थप २३८०१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # कोरोना