बुधबार, कार्तिक १९ गते २०८३
images
images

सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 378
    SHARES
  • सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताउनुभएको छ । 

    images

    नेपाल कुशवाहा कल्याण समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले संवृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, “देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।” सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । उहाँले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताउनुभयो । 

    images

    समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरुले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।