बुधबार, कार्तिक १९ गते २०८३
images
images

घरजग्गा सबै दान गरिसके अब म सँग उपचार गर्ने खर्च छैन : अध्यक्ष ओली

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 253
    SHARES
  • घरजग्गा सबै दान गरिसके अब म सँग उपचार गर्ने खर्च छैन : अध्यक्ष ओली

    साउन २९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेकोले उपचार खर्च नभएको बताएका छन् ।

    images

    आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको उल्लेख गरे ।

    आफ्नो उपचारमा खर्च गर्नका लागि दान गरेको घरजग्गा बेच्न पनि नपाइने बताउदै उपचार खर्च नभएको अध्यक्ष ओलीले भनाइ छ ।

    images

    आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचारमा पर्याप्त नहुने उनले सुनाए ।

    ‘आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । ‘तपाईंहरुले उपचार गर्दिनु भयो भने हुन्छ,’ उनले भने, ‘मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’