बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौंको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 343
    SHARES
  • काठमाडौंको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

    साउन २९ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।
           
    बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए । 

    images

    उन्ले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरे । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौंका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए ।

    बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराएका थिए ।

    images