बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 424
    SHARES
  • प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

    साउन २९ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । 

    images

    बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ । 

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए। उन्ले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताए।

    images