आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थपिए ४५५ जना कोरोना संक्रमित, २ को मृत्यु

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 270
    SHARES
  • मुलुकभर थपिए ४५५ जना कोरोना संक्रमित, २ को मृत्यु

    साउन २९ काठमाडौं । केहि समय देखी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४८२९ जनाको नमुना परिक्षण गर्दा ४५५ जनामा संक्रमण पृष्टि भएको हो । 

    images

    यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४३५ जना पुगेको छ । पछिलो २४ घण्टामा ३०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण २ जनाको मुत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना