आइतबार, भाद्र २८ गते २०८३
images

दक्षिण कोरियामा थप ६२ हजार सङ्क्रमित

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 282
    SHARES
  • दक्षिण कोरियामा थप ६२ हजार सङ्क्रमित

    दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    images

    सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।

    योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ ।

    images

    केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थिय।

    अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।  

    दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना