आइतबार, कार्तिक १६ गते २०८३
images
images

झन्डै ५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 283
    SHARES
  • झन्डै ५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

    साउन ३० काठमाडौं । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय १५ वटा कम्पनीको ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।


    आज राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ । 

    images