आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 257
    SHARES
  • नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड

    नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब २५ करोड ६ लाख रुपैयाँले धेरै हो । 

    images

    यस्तै टेलिकमको सञ्चालन आय पनि झन्डै ३८ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९५ कराेड ४२ लाख रुपैयाँले धेरै हो । टेलिकमको कुल सञ्चालन आय भने ४४ अर्ब ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।  

    गएको आर्थिक वर्षमा मोबाइल डाटा प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ ५० करोड वृद्धि भएको, फोर–जीको व्यापक विस्तारका कारण भ्वाइस सेवा प्रयोग बढ्दा दुई अर्ब ५५ करोड रुपैयाँ आम्दानी बढेको लगायतका कारणले आय र नाफा बढेको टेलिकमले जनाएको छ । तर अर्को कम्पनीको नेटवर्कमा फोन गर्दा लाग्ने शुल्क घट्नु, ओटीटी सेवाको बढ्दो प्रयोगका कारण आयमा ७० करोडले कमी आएको, वायरलेस सेवाको प्रयोग घटेका कारण राजस्वमा ७० करोडले कमी आएको र सीडीएमए सेवा हटाउँदा १२ करोड रुपैयाँले कमी आएको टेलिकमले जनाएको छ । 

    images