आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मुल्य घट्यो

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 309
    SHARES
  • सुनको मुल्य घट्यो

    साउन ३१ काठमाडौं । साताको तोस्रो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

    images