बुधबार, कार्तिक १९ गते २०८३
images
images

पशुस्वास्थ्य विधेयक बहुमतले पारित

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 258
    SHARES
  • पशुस्वास्थ्य विधेयक बहुमतले पारित

    साउन ३१ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको  छ ।त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले गाउँघरमा पारामेडिकलले पशु चिकित्सकको काम गरिरहेका र उनीहरुको पेसालाई मर्यादित र व्यवस्थित बनाउन यो विधेयक ल्याइएको बताउनुभयो । 

    images

    उहाँका अनुसार यसरी सेवा दिने प्राविधिक जनशक्ति सरकारी तवरबाट झण्डै तीन हजार ८०० र निजी क्षेत्रबाट २१ हजार छन् ।मन्त्री सिंहले भन्नुभयो, “उनीहरुको सेवालाई मर्यादित र व्यवस्थित गर्न विधेयक ल्याएको हो, सांसदबाट आएका सुझावसमेतलाई राखेर ऐन संशोधन गर्न नसके पनि नियमावलीमा भने व्यवस्थित गरिनेछ ।”