आइतबार, कार्तिक १६ गते २०८३
images
images

आगलागीका कारण आठ सय परिवार विस्थापित

एक्सप्रेस पाना
भाद्र १, २०७९ बुधबार
  • 277
    SHARES
  • आगलागीका कारण आठ सय परिवार विस्थापित

    उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् ।

    images

    विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन् ।

    ‘अगस्ट ८ मा शुरु भएको आगलागीले फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि छ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ, र  एक सय २० आवासीय घरहरु खरानी भएका छन्,’  एक अधिकारीले जानकारी दिएका छन् ।

    images

    प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ । अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकेको छैन ।