आइतबार, भाद्र २८ गते २०८३
images

भारतमा नौ हजार ६२ कोरोना सङ्क्रमित

एक्सप्रेस पाना
भाद्र १, २०७९ बुधबार
  • 277
    SHARES
  • भारतमा नौ हजार ६२ कोरोना सङ्क्रमित

    भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् । 

    images

    भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए ।  दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन् ।

    गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् । 

    images

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । 

    सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना