भदौ २ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता विधेयक र सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर देखिएको समस्याका बारेमा पनि छलफल हुनेछ ।
.jpg)

