आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य सामान्य घट्यो

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 208
    SHARES
  • सुनचाँदीको मूल्य सामान्य घट्यो

    भदौ २ काठमाडौं । साताको पाचौ दिन नेपाली सुनचाँदी बजारमा  सुनको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबारछापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

    images