बुधबार, कार्तिक १९ गते २०८३
images
images

संसदमा लामो समय अनुपस्थित हुने सांसदको नाम सार्वजनिक (सूचीसहित)

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 218
    SHARES
  • संसदमा लामो समय अनुपस्थित हुने सांसदको नाम सार्वजनिक (सूचीसहित)

    भदौ २ काठमाडौं । संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ ।

    images

    सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।

    संसद बैठकमा लामो समय अनुपस्थित हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुवीर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी र कर्मा घले हुनुहुन्छ ।

    images

    यसैगरी, सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत, विनोद कुमार चौधरी र नागेन्द्र कुमार लामो समय बैठकमा अनुपस्थित हुने सूचीमा हुनुहुन्छ ।