आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
भाद्र ३, २०७९ शुक्रबार
  • 229
    SHARES
  • प्रतितोला चार सयले घट्यो सुनको मूल्य

    भदौ ३ काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य  प्रतितोला रु चार सयले घटेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार चार सय थियो ।  

    images

    त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला  १० ले घटेर एक हजार एक सय ८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।