बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 274
    SHARES
  • नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

    भदौ ५ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए । 

    images

    लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थियो । रासस