भदौ ५ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन्।
युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको इलाम-२ मा उम्मेदवारी दिने बताएका छन् । ‘इलाम क्षेत्र नं.२ मा पुरानो र दिग्गजहरुको सम्मान र अवकाश अपरिहार्य छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैं क्रान्तिकारिता र नविनताका लागि हुन्छ ।’
लगातार चुनाव जित्दै आएका नेम्वाङलाई अवकाश दिन उम्मेदवारीको तयारी गरेको उनले उल्लेख गरेका छन् । ‘उम्मेदवारीबारे निर्णय त पार्टीले गर्ने हो, तर चुनावबाटै सुवास नेम्वाङलाई अवकाश दिन तयार छु’, राईले बताए ।
इलाम-१ बाट भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुनाव लड्दै आएका छन् । खनालले आजै बुटवलबाट आफ अन्तिम पटक इलामबाट निर्वाचन लडने घोषण गरेका थिए । खनाल निकट मानिने राइको घोषणलाई अर्थपुर्ण लिन सकिन्छ।

.jpg)


