भदौ ५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३४२३ जनाको नमुना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३४८ जना रहेको छ ।
यात सोहि समयमा थप ४७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


