बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस नेता गिरीको निधनप्रति विपी विचार राष्ट्रिय समाजद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 323
    SHARES
  • कांग्रेस नेता गिरीको निधनप्रति विपी विचार राष्ट्रिय समाजद्वारा दुःख व्यक्त

    विपी विचार राष्ट्रिय समाजद्वारा कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    images

    समाजका सभापति कुलबहादुर गुरुङ, सहसभापति गोविन्दराज जोशी र महासचिव विनयध्वज चन्दले आज संयुक्त शोक विज्ञप्ति जारी गरी चिन्तनशील राजनीतिकर्मी गिरीको निधनले विपी विचार राष्ट्रिय समाज अत्यन्त दुःखी भएको बताउनुभयो ।

    विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरीको अस्पतालमै शनिबार राति ९ः३० बजे निधन भएको थियो ।

    images

    सभापति गुरुङले मृतक गिरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । स्व नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित हुनुभएको थियो ।