आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 252
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

    भदौ ६ काठमाडौं । साताको दास्रो दिन नेपाली बजारमा आज  सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

    images