आइतबार, कार्तिक १६ गते २०८३
images
images

फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 339
    SHARES
  • फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

    फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ ।

    images

    यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।

    यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् ।  यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा  सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    images