बुधबार, कार्तिक १९ गते २०८३
images
images

संसद बैठक : शोक प्रस्ताव पारित

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 195
    SHARES
  • संसद बैठक : शोक प्रस्ताव पारित

    भदौ ६ काठमाडौं । प्रतिनिधिसभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । यसैगरी राष्ट्रिय सभाको बैठकले पनि सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 
     
    सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभा सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएको थियो ।   
     
    गिरी नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहाबाटै निर्वाचित हुनुभएको थियो ।

    images