भदौ ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६६४३ जनाको नमुना परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४२९६ जना रहेको छ ।
यात सोहि समयमा थप ४५६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण १ जनाको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

