बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 236
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

    भदौ ७ काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ ।

    images

    प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्नुहुने संसद्को सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सदन