बुधबार, भाद्र २४ गते २०८३
images

पाँचपोखरीमा आलुको उत्पादन पाँच गुणाले बढ्ने

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 360
    SHARES
  • पाँचपोखरीमा आलुको उत्पादन पाँच गुणाले बढ्ने

    पाँचपोखरी थाङपाल गाउँपालिकामा यस वर्ष विगतको भन्दा पाँच गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन सुरु भएको हुँदा पहिलेको भन्दा करिब पाँच गुणाले स्थानीय आलुको उत्पादन बढेको अनुमान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । 

    images

    गाउँपालिकाले स्थानीय आलु उत्पादनलाई प्रोत्साहनका लागि आर्थिक तथा प्राविधिक तवरले सक्दो सहयोग गरेको गिरीले बताउनुभयो । भण्डारण, प्राविधिक तथा अन्य धेरै क्षेत्रमा पालिकाले सहयोग गरेको गिरीले बताउनुभयो । गाउँपालिकाको सहयोगले पनि आलुखेती गर्न प्रोत्साहन मिलेको पाँचपोखरी  थाङपाल गाउँपालिका–५ गुन्साका आलु उत्पादक किसान पासाङ लामाले बताउनुभयो ।
     
    पहिला आलुमा के रोग लागेको थाहा हुँदैन थियो तर अहिले सामान्य समस्या हुँदासमेत प्राविधिक सल्लाह पाइन्छ । यसले गर्दा अझै खेती गर्न हौसला मिलेको लामाको भनाइ छ । ३५ रोपनी जमिनमा खेती गरेका लामाले १० हजारदेखि १५ हजार किलोसम्म आलु उत्पादन हुने अनुमान गरेको गिरीले बताउनुभयो । उहाँजस्तै धेरै जनाले अहिले यो पेसा सुरु गरेका बताउनुभयो । प्रदेश सरकारले दिने कृषि अनुदान जसले कृषि गर्दैनन् उनीहरुले पाएको र कागजमा खेती गरेको आधारमा अनुदान वितरण गरेको भन्दै प्रदेश सरकारको अनुदान वितरण प्रक्रियाप्रति समेत लामाले असन्तुष्टि जनाउनुभयो ।

    मेलम्ची नगरको खानेपानीसँग आग्रह
    मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्र गर्न आग्रह गरिएको छ । सोमबार मेलम्ची नगरप्रमुख तामाङ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेल, सिनियर डिभिजनल इञ्जीनियर पदमबहादुर कुँवरलगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । 

    images

    मेलम्ची नगरप्रमुख तामाङका अनुसार मेलम्ची-हेलम्बु, मेलम्ची-तिपेनी, मेलम्ची दाउचेत-केउरानी र बाहुनेपाटी-पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्र गरिदिन खानेपानीसँग आग्रह गरिएको हो । नगरपालिकाको मागका विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो  ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची