भदौ ७ काठमाडौं । साताको तोस्रो दिन नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार आठ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार एक सय ६० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
.jpg)

