बुधबार, भाद्र २४ गते २०८३
images

मिदासको अनलाइन अपोइन्टमेन्टबाट अनलाइन टिकटसँग अनलाइन भुक्तानी सेवा

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 447
    SHARES
  • मिदासको अनलाइन अपोइन्टमेन्टबाट अनलाइन टिकटसँग अनलाइन भुक्तानी सेवा

    भदौ ७ काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँलाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन्। 

    images

    यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

    यो सेवा हाललाई टिचिब अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानसंगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY