काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ ।


