आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिन्धु विकास बैंकले ल्यायो सिन्धु महामुद्दती धमाका, ५ वर्ष १० महिनामा दोब्बर

एक्सप्रेस पाना
भाद्र ८, २०७९ बुधबार
  • 296
    SHARES
  • सिन्धु विकास बैंकले ल्यायो सिन्धु महामुद्दती धमाका, ५ वर्ष १० महिनामा दोब्बर

    भदौ ८ चौतारा । सिन्धु विकास बैंकले ५ वर्ष १० महिना अवधिमा साँवा रकमको दोब्बर हुने गरी व्यक्तिगत मुद्दती निक्षेप योजना 'सिन्धु महामुद्दती धमाका' योजना सञ्चालनमा ल्याएको छ। 

    images

    बैंकले उक्त योजना अन्तर्गत ९ वर्ष ३ महिनामा साँवा रकमको तेब्बर, १३ वर्ष ७ महिनामा साँवा रकमको ५ गुणा तथा १९ बर्ष ५ महिनामा साँवा रकमको १० गुणा भुक्तानी हुने व्यक्तिगत मुद्दती निक्षेप योजनाहरु समेत सार्वजनिक गरेको छ। उक्त योजनाका लागि 'सबै भन्दा अब्बल, पैसा हुन्छ डबल' भन्ने नारा पनि सार्वजनिक गरेको छ।

    योजनामा सहभागी हुन चाहनेले कम्तिमा २५ हजार रुपैयाँ जम्मा गर्नु पर्नेछ भने आवश्यक परेमा खातामा जम्मा भएको रकमको अधिकतम ९० प्रतिशत रकम कर्जा समेत लिन सकिनेछ।

    images

    सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकका रुपमा स्थापित सिन्धुले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनसहित ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालय र एउटा सीमित बैंकिङ इकाइबाट वित्तीय कारोबार गर्दै आएको छ।