आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीन सयले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
भाद्र ८, २०७९ बुधबार
  • 268
    SHARES
  • तीन सयले बढ्यो सुनको मूल्य

    भदौ ८ काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजारमा कारोबार भएको थियो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सय थियो ।  

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार एक सय ६५ तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।