बुधबार, कार्तिक १९ गते २०८३
images
images

युवा संघ नेपालका सचिव फुर्वा तामाङ प्रदेश सभामा सिफारिस

एक्सप्रेस पाना
भाद्र ८, २०७९ बुधबार
  • 855
    SHARES
  • युवा संघ नेपालका सचिव फुर्वा तामाङ प्रदेश सभामा सिफारिस

    सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा नेकपा एस काठमाडौ ले क्षेत्र नम्बर ७ प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

    images

    नेकपा एस काठमाडौंको आज बसेको बैठकले क्षेत्र नम्बर ७ प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको छ । नेकपा एसले क्षेत्र नम्बर ७ प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ बागमती प्रदेशका खानेपानी तथा उर्जा मन्त्री समेत रहेका बसन्त मानन्धरको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ संविधान सभा सदस्य प्रभा बच्रचार्य को नाम सिफारिस गरेको छ ।

    त्यस्तै नेकपा एसले काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश सभा सदस्य (क) को लागी प्रत्यक्षतर्फ राजेन्द्र भण्डारी , नारायण गमालको नाम सिफारिस गरिएको नेकपा एस प्रदेश कमिटी सदस्य फुर्वा तामाङले बताएका छन् ।

    images

    यस्तै नेकपा एसले काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश सभा सदस्य (ख) प्रत्यक्षतर्फ युवा संघका सचिब तथा बागमती अध्यक्ष फुर्वा तामाङको एकल नाम सिफारिस भएको छ। दुबै प्रदेश सभाको समानुपातिक तर्फ पार्टीको माथी कमिटीले टुंगाउने भएको छ । गठबन्दनका दलहरु बीच छलफल चलिरहेको र तालमेल भए केन्द्र र एक प्रदेश अनिवार्य पाउनु पर्ने दावी रहेको लामाले बताए ।