बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एस इलामद्वारा जिल्लाको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नामावली सिफारिस

एक्सप्रेस पाना
भाद्र ९, २०७९ बिहीबार
  • 365
    SHARES
  • नेकपा एस इलामद्वारा जिल्लाको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नामावली सिफारिस

    भदौ ९ काठमाडौं । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेकाले नेकपा (एस) इलामले जिल्लाको सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको छ।

    images

    नेकपा एसको जिल्ला कमिटीको बैठकले 
    जिल्लाको प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ क्षेत्र-१ मा पुर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल र क्षेत्र-२ मा युवा संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राई लाई सिफारिस गरेको छ।

    प्रदेश सभा क्षेत्र -१ (क, ख) का लागि जिल्ला अध्यक्ष भक्त केसि, खिनु लङुवा, जित बहादुर राई , बृहस्पति खतिवडा, साबित्रा गर्तौत्ला र  क्षेत्र-२ (क,ख) का लागि हरि वाला, प्रमिला बस्नेत, सन्जिप राई , सोम सर्मा, हर्क साम्बा लगायतको नाम सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य हेमराज लिम्बुले बताए ।

    images