भदौ १० काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा खरिद(बिक्री भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
.jpg)

