आइतबार, कार्तिक १६ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिनमा झन्डै १७ अंकले नेप्से घट्दा १ अर्ब २९ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 220
    SHARES
  • साताको अन्तिम कारोबार दिनमा झन्डै १७ अंकले नेप्से घट्दा १ अर्ब २९ करोडको कारोबार

    भदौ १० काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि नेप्से घटेको छ । बिहीबार १८ अंकले घटेको नेप्से शुक्रबार पुनः १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा झरेको छ ।

    images

    नेप्सेमा आज दुई सय १३ कम्पनीको २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।


    १३ समूहको कारोबार भएकामा आज जीवन बिमा समूहको सूचक २९ दशमलव २९ अंकले बढेर नौ हजार चार सय ३६ दशमलव ४८ अंकमा चढेको छ । बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव सात अंकले घटेर १३ सय ४९ दशमलव ४६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४७ दशमलव ६९ अंकले घटेर तीन हजार ६ सय ३९ दशमलव ७० अंकमा झरेको छ ।

    images

    यसैगरी जलविद्युत् समूहको सूचक पनि ४० दशमलव ६६ अंकले घटेर दुई हजार तीन सय ८५ दशमलव १७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ५६ दशमलव सात अंकले घटेर आठ हजार एक सय २१ दशमलव ८९ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

    नेप्सेमा आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९५ प्रतिशतले बढेर एक हजार चार सय ४५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयरको मूल्य आठ दशमलव २३ प्रतिशतले घटेर एक सय तीन रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रो पावर कम्पनीको भने प्रतिकित्ता दुई सय १६ रुपैयाँ अन्तिम मूल्यमा ६ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ ।