आइतबार, भाद्र २८ गते २०८३
images

दक्षिण कोरियामा एक दिनमा एक लाख एक हजार कोरोना सङ्क्रमित

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 303
    SHARES
  • दक्षिण कोरियामा एक दिनमा एक लाख एक हजार  कोरोना सङ्क्रमित

    दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ । 

    images

    योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ । अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जना सङ्क्रमित भएका थिए ।  

    अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन । ती मध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् । 

    images