आइतबार, कार्तिक १६ गते २०८३
images
images

नोएडाकाे बहुचर्चित ट्विन टावर १२ सेकेण्डमा ध्वस्त पारिँदै

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 344
    SHARES
  • नोएडाकाे बहुचर्चित ट्विन टावर १२ सेकेण्डमा ध्वस्त पारिँदै

    भदौ १२ काठमाडौं । भारतको नोएडास्थित बहुचर्चित ट्विन टावर आज दिउँसो भत्काइँदैछ । दिउँसो साढे २ बजे विवादित ३० तले ती भवन भत्काइने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यी दुईवटा भवन भत्काउन १२ सेकेण्ड समय लाग्ने भनिएको छ । 

    images

    समाचार एजेन्सी एएनआईका अनुसार रियल एस्टेट कम्पनी सुपरटेकका यी भवन भत्काउनुअघि त्यहाँ क्रेन पुगिसकेका छन् । स्थानीय प्रहरी सो क्षेत्र खाली गराउन लागिपरेको छ । भवनको आसपास रहेका कुकुरहरूलाई पनि उद्धार गरेर अन्यत्र सारिएको छ । 

    एपेक्स र केएन नामक टावर सुपरटेक बिल्डरले बनाएका थिए । यी भवनलाई ट्विन टावर भनिने गरिन्छ । भवनको उचाइ ३२० फिट भन्दा धेरै छ । यी भवन भारतमा भत्काइएका सबैभन्दा ठूला भवन हुनेछन् ।

    images

    यी भवन नोएडाको घना बस्तीमा छन् । यीनलाई भत्काउन करिब ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी छ । भवन भत्काउनुअघि त्यस क्षेत्रको यातायातमा पूर्ण रोक लगाइने छ । विष्फोटको आधा घण्टापछि धुवाधुलो हटेसँगै यातायात खोलिने जनाइएको छ । भवन वरपर सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।