मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघ नेपाल बाँके जिल्ला कमिटी पुनः गठन, अध्यक्षमा सुनिल रसाइली

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 469
    SHARES
  • युवा संघ नेपाल बाँके जिल्ला कमिटी पुनः गठन, अध्यक्षमा सुनिल रसाइली

    भदौं १२ नेपालगञ्ज । नेकपा एकीकृत समाजवादी सम्वद्ध युवा संघ नेपाल बाँकेको अध्यक्षमा सुनील रसाईली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको जिल्ला भेलाले रसाईलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी दिपेन्द्र कुँवर र प्रकाश रसाईली उपाध्यक्ष, वकिल कुमार यादव सचिव,मदन बिक र सुनिल बर्मा र सुमन शाही उप-सचिव, तथा लक्ष्मी क्षेत्री कोषाध्यक्ष सहित ३३ सदस्यीय जिल्ला कमिटी गठन भएको युवा संघका महासचिवतथा नेकपा एस बाँकेका जिल्ला कमिटीका सचिव दिपक जिएमले जानकारी दिनुभयो ।

    images

    भेलामा नेकपा एसका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइराला, नेता दिपक जिएम, करिश्मा योगी, ऋषिराज पोख्रेल लगायतको उपस्थिती थियो । नेकपा एसले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरि संगठन विस्तार तथा परिचालन अभियानमा जुटेको छ ।  

  • सम्बन्धित विषय:

  • # युवा संघ नेपाल