बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 270
    SHARES
  • नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

    भदौ १२ काठमाडौं । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

    images

    राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्काे बैठक भदौ १६ गते अपराह्न २ः५९ बजे बस्नेछ ।-