बुधबार, कार्तिक १९ गते २०८३
images
images

युवा संघका अध्यक्ष शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस, देश भरका युवाहरू उत्साही

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 503
    SHARES
  • युवा संघका अध्यक्ष शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस, देश भरका युवाहरू उत्साही

    भदौ १३ काठमाडौं । नेकपा एकीकृत समाजवादी बाजुराको विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यको एकल उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएको छ । शाहीको उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएको छ । 

    images

    त्यस्तै जिल्ला कमिटीको विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मत बहादुर शाही, जिल्ला पाटी सचिव पुर बहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्म बहादुर शाहीलाई सिफारिस गरेको छ भने प्रदेश (ख) का लागि पाटिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवि साउद खड्कालाई सिफारी गरिएको छ ।

    संघिय समानुपातिक तर्फ काँशि नेपाली ,दावा गुरूङ् भोटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरिएको छ । त्यस्तै प्रदेश समानुपातिक तर्फ अमृता रावल बोहोरा र सतल कामी विकलाई सिफारीस गरेको छ ।

    images

    बैठक नेकपा एकीकृत समाजबादि बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको थियोे । बैठकले स्थानिय चुनावको समिक्षा र कार्यान्वयन आगामि मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको तयारी, उम्मेद्वार सिफारीस लगाएतका विभिन्न निर्णय गरेको छ । जिल्ला अध्यक्ष रावलको अध्यक्षतामा सञ्चालन भएको बैठकमा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य हिक्मत बहादुर शाही प्रमुख अतिथि साथै पाटीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीको विशेश अतिथिमा भएको थियो ।

    बैठकमा केन्द्रिय परिसद सदस्य काँशी नेपाली, प्रदेश कमिटी नबराज जैशी र किट्टो लुवार पाटी सचिव पुर्ण बहादुर रावत उपचिव नीर बहादुर शाही लगाएत नेता अतिथि रहनुभएको सचिवालय सदस्य धर्म शाहिले बताए  ।