आइतबार, कार्तिक १६ गते २०८३
images
images

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 312
    SHARES
  • पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

    इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ । 

    images

    जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०ः२९ सो भूकम्प गएको बताइएको छ ।  यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । 

    भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयाअनुसार सोमबार विहान ५:३४ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यद्यपी ६.४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको  क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । 

    images