बुधबार, कार्तिक १९ गते २०८३
images
images

तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 219
    SHARES
  • तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा

    सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज-२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गर्नुभएको छ । 

    images

    उहाँले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुएको छ । विज्ञानको क्षेत्रमा भएका नयाँनयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गर्नुभएको छ ।