बुधबार, कार्तिक १९ गते २०८३
images
images

हेटौंडा उपमहानगर १० बसपार्कका होलसेल तथा खुद्रा तरकारी बजारलाई चौकीटोलमा स्थानान्तरण गरिने

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 209
    SHARES
  • हेटौंडा उपमहानगर १० बसपार्कका होलसेल तथा खुद्रा तरकारी बजारलाई चौकीटोलमा स्थानान्तरण गरिने

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा रहेको होलसेल तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ चौकीटोलमा स्थानान्तरण गरिने भएको छ । उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले स्थानान्तरण गर्ने निर्णय गरेको हो । बसपार्क क्षेत्रमा तरकारी बजारका कारण केहि असहज भएकोले कार्यपालिका बैठकले तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिनुभयो ।

    images

    तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने समेत उहाँले बताउनु भयो ।