आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज पनि घट्यो सुनको भाउ

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 278
    SHARES
  • आज पनि घट्यो सुनको भाउ

    भदौ १५ काठमाडौं । साताको चौथो दिन नेपाली स्थानीय बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो।

    images

    यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ ।