बुधबार, भाद्र २४ गते २०८३
images

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा 'ख' बाट कृष्णकुमार तामाङ (समिर) एक नम्बरमा उमेदवार सिफारिस

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 3.9K
    SHARES
  • सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा 'ख' बाट कृष्णकुमार  तामाङ (समिर) एक नम्बरमा उमेदवार सिफारिस

    भदौ १५ मेलम्ची । आगामी मंसिर ४ गते हुने निर्वाचका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेस सभा ख मा कृष्ण कुमार तामाङ समिर सहित ५ जना उमेदवार सिफारिस गरिएको छ । 

    images

    सिन्धु कांग्रेस युवा नेताको नामले परिचित कृष्णकुमार तामाङ (समिर) मेलम्ची, हेलम्बुको बाढीपहिरोमा पीडितलाई राहत पुर्याउने तथा उद्दार कार्यमा र कोरोनाको बेला मास्क, सेनिटाइजर, अत्यावश्यक औषधि र अक्सिजन सिलिन्डर लियर सिन्धुपाल्चोक जिल्ला भरी नै बितरण गर्नुभएको थियो । उहाँ विकास निमार्णका कार्यमा पनि सक्रिय हुनुहुन्छ । 

    No description available.

    images

    उहाँ यस अघि मेलम्ची ४ को सदस्य निर्वाचित तथा पार्टीको क्षेत्रीय सभापतिका प्रत्यासी हुनुहुन्थ्यो । उहाँ बिगत १५ बर्ष देखि नेपालि काङ्ग्रेस पार्टीमा सकृय रहि २ कार्यकाल मेलम्ची ४, थकनिको इकाई सभापति रहनुभयो । बिगतको २०७४ को संघ चुनावमा काङ्ग्रेसलाई जिताउनका लागि महत्त्वपूर्ण भुमिका निभाउनु भएको उहाँले गत बैशाखमा सम्पन्र स्थानीय तहको निर्वाचनमा पनि सशक्त भुमिका निभाउनु भएको थियो ।

    यस्तै उहाँसँगै पासाङ दोङ, विष्णु खडका, मधुसुदन सिग्देल र सागरकुमार श्रेष्ठलाई पार्टीले सिफारिस गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची