भदौ १५ काठमाडौं । नेपाली कांग्रेका महामन्त्री गगन कुमार थापाले आफू काठमाडौं ४ बाटै चुनाव लड्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट राख्दै भनेका छन् कास्की क्षेत्र नं।१मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ।
मैले काठमाडौं निर्वाचन क्षेत्र नं।४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गरि सकेको छ ।
.jpg)


