बुधबार, कार्तिक १९ गते २०८३
images
images

गठबन्धन बैठकमा सिट बाँडफाँटबारे गहन छलफल

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 466
    SHARES
  • गठबन्धन बैठकमा सिट बाँडफाँटबारे गहन छलफल

    पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । साथै बैठक भोलि बिहान ११ बजे पुनः बस्ने सहमति भएको उहाँले बताउनुभयो ।

    यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ 

    images